punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

मानव अधिकार आयोगको प्रवक्तामा डा. पोखरेल

Chaupati
safha napa

राष्ट्रिय मानव अधिकार आयोगले प्रवक्ताको जिम्मेवारी डा.टीकाराम पोखरेललाई दिएको छ । आयोगका सह–सचिव डा. पोखरेल १८ वर्षदेखि आयोगमा कार्यरत छन् ।

सुशासन व्यवस्थापन तथा सञ्चालन ऐन, २०६४ को दफा ३५ मा प्रत्येक मन्त्रालय, विभाग तथा सरकारी निकाय एवं कार्यालयले आफ्नो मन्त्रालय, विभाग तथा सरकारी निकाय एवं कार्यालयको काम कारबाहीको विषयमा सरोकारवालाहरुलाई वा सार्वजनिक रुपमा जानकारी दिन मन्त्रालय विभाग तथा सरकारी निकाय एवं कार्यालयको कुनै अधिकृतलाई प्रवक्ता तोक्नुपर्ने व्यवस्था भए अनुसार पोखरेललाई प्रवक्ताको जिम्मेवारी तोकिएको आयोगका सचिव बेद प्रसाद भट्टराईद्वारा प्रेसित पत्रमा उल्लेख छ ।

डा. पोखरेलले राष्ट्रिय मानव अधिकार आयोगको प्रदेश कार्यालय धनगढी र पोखरामा प्रमुख भएर कुशलतापूर्वक जिम्मेवारी सम्हालिसकेका छन् ।


२० कात्तिक २०७७, बिहीवार २०:५२ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु