punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

वडाध्यक्ष थापाले आफै भत्काए सडकमा परेको आफ्नो संरचना

Chaupati
safha napa

धनगढी उप–महानगरपालिका वडा नं ४ का अध्यक्ष दिपककुमार थापाले मुख्य सडक बिस्तारका लागि आफ्नो संरचना भत्काएका छन् ।

विहीबार धनगढी उप–महानगरपालिकाका प्रमुख नृपबहादुर वड समेतको उपस्थितिमा वडा अध्यक्ष थापाले धनगढी मुख्य सडक बिस्तार हुने भएपछि संरचना भत्काएका हुन । थापाले जलसा होटलको अगाडि रहेको आगनको केही भाग भत्काएका हुन् । जलसा होटल रहेको घर वडा अध्यक्ष थापाको हो । उनले सडकको क्षेत्राधिकार भन्दा एक मिटर थप जमिन छोडेका छन् ।

क्षेत्रीय शहरी विकास आयोजना अन्तरका धनगढीको मुख्य सडक ३० मिटर फराकिलो बनाइँदै छ । धनगढी उप–महानगरपालिकाका प्रमुख नृपबहादुर वडले सडक विस्तारका लागि धनगढीका घरधनीहरु सडक क्षेत्राधिकार भित्र पर्ने संरचनाहरु भत्काउन थालेको बताए । उनकाअनुसार नगरका सडकहरु फराकिला बनाउनका लागि घरधनीहरु सडक क्षेत्रधिकार भित्र पर्ने पर्खाल, घर, टहराहरु भत्काउन थालेका हुन् ।

बुधवार मात्रै धनगढी उप–महानगरपालिका वडा नं २ का ९ जना घरधनी र वडा नं ५ का चार जना घरधनीले संरचना भत्काउन सुरु गरेका छन् । नगरबासीको सहयोगले मात्रै धनगढीलाई सुन्दर नगर बनाउन सकिने नगरप्रमुख वडले बताए । क्षेत्रीय सहरी विकास आयोजना अन्तर्गत पहिलो चरणमा सात वटा सडक निर्माण हुने गरि गएको असार २८ गते सम्झौता भएको उप–महानगरपालिकाका डिभिनल ईन्जीनियर डिजराज भट्टले बताए ।

उनकाअनुसार धनगढीका गुल्म–चर्च रोड (दुई हजार सात मिटर), धनगढी मेन रोड, ट्राफिक चौराहादेखि–कैलालीनाला (एक हजार तीन सय ८० मिटर), हुलाकी सडक–क्याम्पस रोड–जाखोरताल (सात सय मिटर), क्याम्पस रोड–चटकपुर (तीन हजार छ सय ५० मिटर), धनगढी–खुटीया स्याउले रोड (आठ सय ७० मिटर ), मालपोत रोड (चार सय ३० मिटर र हसनपुर रोड (एक हजार एक सय ५० मिटर) रहेको छ ।


२० कात्तिक २०७७, बिहीवार १८:३४ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु