punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

कोरोना भत्ता नपाएको भन्दै वीर अस्पतालका स्वास्थ्यकर्मी आन्दोलित  

Chaupati
safha napa

कोरोना संक्रमितको उपचारमा खटिएका स्वास्थ्यकर्मीलाई जोखिम भत्ता नदिएको भन्दै वीर अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी आन्दोलनमा उत्रिएका छन् । दैनिक एक घण्टा ड्युटी छोडेर उनीहरू अस्पताल परिसरमा चार दिनदेखि धर्ना बसिरहेका छन् ।

अस्पतालले स्वास्थ्यकर्मीलाई संक्रमण व्यस्थापनमा खटाएपनि गुणस्तरिय स्वास्थ्य सुरक्षा सामग्री नदिएको, समयमा तलब नदिएको र चैत ११ गतेदेखि हालसम्म एकपटक पनि भत्ता नदिएको आन्दोलित स्वास्थ्यकर्मीहरूको भनाइ छ ।

‘आकस्मिक कक्ष र आइसोलेसनमा खटिनेलाई गुणस्तरीय पीपीई दिँदैनन्, जसका कारण हामी आफै संक्रमित भइरहेका छौं,’ अस्पतालको कर्मचारी युनियनका सचिव दिपक मुडबरीले भने, ‘न भत्ता दिइएको न बिमाको शुल्क, यसरी कहिलेसम्म हामी काम गर्नुपर्ने हो ?’

वीरमा हालसम्म करिब २५० स्वास्थ्यकर्मी संक्रमित भइसकेका छन्, तीमध्ये आधा संक्रमित स्वास्थ्यकर्मी आइसोलेसन र क्वारेन्टाइनमै छन् । भत्ता र सुरक्षा सामग्री उपलब्ध नगराए आकस्मिकसहित सबै सेवामा आफूहरू नखटिने आन्दोलित स्वास्थ्यकर्मीहरूको चेतावनी छ ।

वीरमा एक हजार ५ सय स्वास्थ्यकर्मी छन्, जसले संक्रमितकाे उपचारमा खटिएबापत पाउनुपर्ने सेवासुविधा पाएका छैनन् ।

 


२० कात्तिक २०७७, बिहीवार १२:३५ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु