सुनको मूल्य स्थीर, चाँदीको बढ्यो
बजारमा आज सुनको मूल्य स्थीर छ । सुन आज पनि प्रतितोला ९५ हजार रुपैयाँमा कारोबार भैरहेको थियो । सुन हिजो पनि सोही मूल्यमा कारोबार भएको थियो ।
आज सुनको मूल्य स्थीर रहेपनि चाँदीको मूल्य भने तोलामा १० रुपैयाँ बढ्दै प्रतितोला एक हजार दुई सय पाँच पुगेको छ । चाँदी हिजो प्रतितोला एक हजार एक सय ९५ रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
१७ कात्तिक २०७७, सोमवार ११:१६ बजे प्रकाशित













