punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

प्रधानमन्त्री ओलीले पार्टी विभाजन हुनसक्ने चेतावनी दिए : प्रचण्ड

Chaupati
safha napa

नेकपा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी विभाजन हुनसक्ने चतावनी दिएको बताएका छन् ।

प्रधानमन्त्रीसँगको भेटका विषयमा आफू निकट नेताहरुसँग छलफल गर्दै उनले यस्तो बताएका हुन् । छलफलमा प्रधानमन्त्री ओलीले पार्टी फुटाउने संकेत गरेको प्रचण्डले आफूलाई ब्रिफिङ गरेको नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले बताएका छन्।

भेटका क्रममा भएको कुरालाई लिएर प्रचण्डले खुमलटारमा आइतबार बिहान आफूनिकट नेताहरुलाई सुनाएका थिए। प्रचण्डको भनाइ उद्धृत गर्दै प्रवक्ता श्रेष्ठले भने, ‘तपाईंको बहुमतको निर्णय भन्नुहुन्छ। के भन्नुहुन्छ। त्यो गर्न सकिएन। अब अलग–अलग पार्टी चलाऔं। सँगै बसेर काम गर्न सकिएन।’

ओलीले आफूसँगको भेटमा सबै कुरामा बहुमतको निर्णय मान्नुपर्ने आवश्यकता नठानेको पनि बताएको प्रचण्डले नेताहरुलाई ब्रिफिङमा भनेका छन्। आफूले चाहिँ नमिलेको विषयमा छलफल गर्न सकिने तर त्यो अवस्था जान नहुने बताएको प्रचण्डले बिफ्रिङका क्रममा बताएको श्रेष्ठको भनाइ छ।

उक्त छलफलमा नौं जना सचिवालय सदस्यमध्ये ६ जना बिहान ११ बजे नै खुमलटार पुगेका थिए। छलफलमा वरिष्ठ नेता माधव नेपाल, झलनाख खनाल, वामदेव गौतम, नारायणकाजी श्रेष्ठ, रामबहादुर थापालगायत सहभागी थिए।

भेलामा कर्णालीको विषयलाई तत्काल थाती राख्ने निर्णय समेत भएको थियो। मन्त्रीमण्डल पुनः गठन गर्दा विवाद चर्किने भएकाले अहिलेलाई त्यो स्थगित गर्ने सहमति भएको प्रवक्ता श्रेष्ठले बताए।


१६ कात्तिक २०७७, आइतवार १९:२५ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु