डा. केसीको समर्थनमा समर्थनमा युरोपेली नागरिक पनि अनसन बसिन्
चिकित्सा शिक्षा सुधारको माग गर्दै अनसन बसेका डा. गोविन्द केसीको समर्थनमा एक युरोपेली नागरिकले अनसन सुरु गरेकी छिन्।
डा केसीलाई नेल्सन मण्डेला र महात्मा गान्धीसँग तुलना गर्दै युरोपेली नागरिक इमिलियाले आज एक दिन अनसन बस्ने भएकी हुन्।
डा गोविन्द केसी संसारकै महात्माहरुमध्ये एक भएको भन्दै उनको माग र अनशनलाई समर्थन गर्न उनले अनसन बसेको बताएकी छिन्।
उनले डा। केसीले उठाएका मागहरु सर्वसाधारणको हितका पक्षमा रहेकाले आफुले उनको अनसनलाई समर्थन गरेको बताएकी छन् ।
चिकित्सा शिक्षा सुधार लगायतका ६ बुँदे माग राखेर डा। केसी अनसनमा बसेको आज २४औं दिन पुगेको छ।
२१ असोज २०७७, बुधवार १०:२१ बजे प्रकाशित































