punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

अधिकार खोसेको भन्दै उपाध्यक्षले लगाइन गाउँपालिकामा ताला

Chaupati
safha napa

अछामको रामारोशन गाउँपालिकाकी उपाध्यक्षले कार्यालयमा तालाबान्दी गरेकी छिन्।

आफ्नो अधिकार खोसेर एक तन्त्रीय र तानाशाही शैलीमा गाउँपालिका सञ्चान गरेको भन्दै उपाध्यक्ष सरस्वती रावलले गाउँपालिकाको कार्यालयमा तालाबन्दी गरेकी हुन् । उनले बुधबारदेखि अनिश्नितकालिन तालाबन्दी गरेकी हुन्।

एक विज्ञप्ति जारी रावलले स्थानीय सरकार संचालन ऐन विपरित उपाध्यक्षको अधिकार खोसेर काम भैरहेको आरोप लगाइन् । योजनाको अनुगमन तथा सुपरीवेक्षणको अधिकार उपाध्यक्षको भएपनि अनुगमन प्रतिवेदनविना योजनाको भुक्तानी दिन लगाएको आरोप रावलले लगाएकी छिन्।

कर्मचारी भर्ना तथा छनौटमा अनियमिता गरेको आरोपसमेत उनको छ। योजना छनौटमासमेत केन्द्रियता लाद्दै जनमतको अपमान भैरहेको उनको आरोप छ। गाउँपालिका सरकारले गर्ने हरेक काम कारवाहीमा आन्तरिक तथा पार्टीमा पटक–पटक छलफल हुँदासमेत कार्यशैलीमा कुनै फरक नआएकोले बाध्य भएर तालाबन्दी गर्नुपरेको विज्ञप्तिमा उल्लेख छ।

गाउँपालिकाका अध्यक्ष झंकर साउँद र उपाध्यक्ष रावल दुबै तत्कालिन नेकपा माओवादीबाट निर्वाचित हुन्। गाउँपालिका सरकारले आर्थिक प्रलोभनमा परेर कर्मचारी भर्ना गरेको भन्दै प्रतिपक्षी नेपाली कांग्रेसलेसमेत केही दिन पहिले शान्तडा बजारमा प्रदर्शन गरेको थियो।


१२ कात्तिक २०७७, बुधवार १५:४१ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु