punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

बलात्कार आरोपमा एक जना पक्राउ

Chaupati
safha napa

कैलालीमा बलात्कारको आरोपमा एक जना पक्राउ परेका छन् ।

जिल्लाको घोडाघोडी नगरपालिका वडा नम्बर २ का एक ३२ वर्षीय पुरुषलाई पक्राउ गरिएको सुखड प्रहरीले जानकारी दिएको छ ।

सोही वडाकी ३४ वर्षीया महिलाले दिएको जाहेरीको आधारमा उनलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय सुखडका प्रमुख प्रहरी नायव उपरीक्षक सागर बोहराले बताए ।

प्रहरीमा आएको जाहेरीकाआधारमा ती पुरुषले सोमबार राती ११ बजे कोही नभएको मौका छोपी महिलाको घरमै गई जबरजस्ती करणी गरेको नायव उपरीक्षक सागर बोहराले बताए । उनलाई पक्राउ गरी जिल्ला चलान गरिएको छ । प्रहरीले घटनाबारे थप अनुसन्धान अगाडि बढाएको जनाएको छ ।


११ कात्तिक २०७७, मंगलवार १८:२३ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु