नेपालमा कोरोनाबाट निको हुनेको संख्या १ लाख १८ हजार नाघ्यो
नेपालमा कोरोनाबाट निको हुनेको संख्या १ लाख १८ हजार नाघेको छ । हालसम्म १ लाख १८ हजार ८४३ जनाले कोरोना जितेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा
मात्रै ३ हजार १६८ जना संक्रमणमुक्त भएका छन् । सोही अवधिमा २ हजार ७२५ जनाको पीसीआर परीक्षण भएको छ भने त्यसमा ५७० जना पोजेटिभ भेटिएका छन् ।
त्यस्तै पछिल्लो २४ घण्टामा नेपालमा थप १४ जनाको संक्रमणबाट मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ८७६ पुगेको छ ।
हालसम्म नेपालमा कुल संक्रमितको संख्या १ लाख ६० हजार ४ सय पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
११ कात्तिक २०७७, मंगलवार १७:३० बजे प्रकाशित













