punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

असई गोविन्दको उच्च सम्मानसहित अन्त्येष्टि

Chaupati
safha napa

अस्थायी प्रहरी पोष्ट जुगेडाका इन्चार्ज प्रहरी सहायक निरीक्षक (असई) गोविन्द बिकको उच्च सम्मानका साथ आज अन्त्येष्टि गरिएको छ ।

नेपाल–भारत सीमास्थित मोहना नदीमा विभत्स हत्या गरिएको अवस्थामा फेला परेका असई बिकको सोमबार कञ्चनपुरको दोदा नदीको किर्तिपुर घाटमा सम्मानसहित अन्त्येष्टि गरिएको हो ।

बिकको शोक सलामी सहित अन्त्येष्टि गरिएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जनाएको छ । अन्त्येष्टि अगाडि बिकको पार्थिक शरिरमा सुदूरपश्चिम प्रदेशका प्रमुख प्रहरी नायब महानिरीक्षक उत्तमराज सुवेदीले झण्डा ओढाउँदै अन्तिम श्रद्धाञ्जली व्यक्त गरेका थिए ।

शनिबार साँझ नियमित गस्तीमा खटिएका प्रहरी सहायक निरीक्षक ९असई० बिकको शव आइतबार बिहान नेपाल–भारत सीमा स्थित मोहना नदीमा विभत्स हत्या गरेको अवस्थामा मृत भेटिएका थिए ।

उनीसँगै गस्तीमा खटिएका प्रहरी जवान रामबहादुर साउँदको अवस्था अझै अज्ञात छ । उनको खाजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।


३ कात्तिक २०७७, सोमवार १८:०८ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु