punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

१० हजार ५०० लिटर अवैध घरेलु मदिरा तथा मदिराको कच्चा पदार्थ नष्ट

Chaupati
safha napa

प्रहरीले सोमबार चार हजार र मंगलबार ६ हजार ५०० गरी हालसम्म १० हजार ५०० लिटर अवैध घरेलु मदिरा तथा मदिराको कच्चा पदार्थ नष्ट गरेको छ।

बागलुङ। जिल्ला प्रहरी कार्यालय बागलुङले पछिल्लो बरामद गरेको साढे १० हजार लिटर अवैध घरेलु मदिरा नष्ट गरेको छ।

प्रहरीले सोमबार चार हजार र मंगलबार ६ हजार ५०० गरी हालसम्म १० हजार ५०० लिटर अवैध घरेलु मदिरा तथा मदिराको कच्चा पदार्थ नष्ट गरेको छ।

जिल्ला प्रहरी कार्यालय र यसअन्तर्गतका प्रहरी चौकी तथा युनिटहरूले बरामद गरेको उक्त मदिरा पत्रकार तथा सरकोकारवाला निकायको रोहवरमा नष्ट गरिएको हो।

जिल्ला प्रहरी कार्यालय बागलुङले बढाएको सक्रियतासँगै पछिल्लो दुई दिनमा मात्रै उक्त मदिरा र कच्चा पदार्थ  बरामद गरिएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक राजेन्द्र रेग्मीले जानकारी दिए।

रेग्मीका अनुसार केही मदिरा बिक्रीका लागि तयारी र केही मदिरा उतपादनमा प्रयोग हुने कच्चा सामग्री जाँड, मरचालगायत केही अखाद्य सामग्री बरामदपश्चात नष्ट गरिएको हो।


१४ असोज २०७७, बुधवार ०९:३० बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु