punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

सम्झना कामीका हत्या आरोपी सार्वजनिक

Chaupati
safha napa

बझाङकी सम्झना कामीको बलात्कारपछि हत्या गरेको आरोपमा पक्राउ परेका युवकलाई प्रहरीले सार्वजनिक गरेको छ । पक्राउ परेका २० वर्षीय राजेन्द्र बोहरालाई प्रहरीले मंगलबार पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको हो।

असोज ८ गते जिल्लाको मष्टा गाउँपालिका– २ खिकालाकी १२ वर्षीया सम्झना कामीको बलात्कारपछि हत्या भएको थियो। गोठमा गाइवस्तुलाई घाँस हाल्न हिँडेकी सम्झनाको शव स्थानीय शिव मन्दिरभित्र अर्धनग्न अवस्थामा फेला परेको थियो।

साथै राजेन्द्रविरुद्ध अर्की एक बालिकामाथि जबरजस्ती करणीको जाहेरी परेको थियो। सोही ठाउँकी १३ वर्षीया बालिकालाई जबरजस्ती करणीको जाहेरी परेको जिल्ला प्रहरी कार्यालय बझाङले बताएको छ। उनीमाथि प्रहरीले अनुसन्धान अगाडि बढाएको जनाएको छ ।


१३ असोज २०७७, मंगलवार १९:१६ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु