punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

करेन्टले दुबै हात गुमेका बालकको कृत्रिम हात जोड्न याचना

Chaupati
safha napa

करेन्ट लागेर दुबै हात गुमाएका बालकलाई आर्थिक अभावमा उपचारमा समस्या भएको छ । डोटीको शिखर नगरपालिका वडा नम्बर १० बानेडुग्रीशैनका १३ वर्षीय सतिस ठगुन्नाको करेन्ट लागेर दुबै हात गुमेपछि अहिले थप उपचार गर्न समस्या भएको हो ।

आर्थिक अवस्था कमजोर भएका सतिसका परिवारले उनको उपचारका लागि अहिलेसम्म झण्डै ७ लाख खर्च गरिसकेका छन् । सतीसलाई २०७६ साल कार्तिक १६ गते करेन्ट लागेर दुबै हात जलेको थियो। उनको सोही नगर पालिकाको ३ वानेडुग्रिशैनमा राजेन्द्र निर्माण सेवाको पुल निर्माणकार्य भइरहेकोे ठाउमा बेबरीको फल खाने बेला करेन्ट लागेर दुबै हात जलेको उनका आफन्तको भनाइ छ।

करेन्ट लागेर घाइते भएका ठगुन्नलाई डोटी, डडेलधुरा र धनगढीमा उपचार सम्भव नभएपछि काठमाडौँ लगिएको उनकी आमा बिस्नादेबी ठगुन्नाले बताइन् । उनको काठमाडौंको कीर्तिपुर अस्पतालमा एक महिना उपचार गरियो । उपचारकै क्रममा करेन्ट लागेका दुई वटै हात काटिएको थियो । दुबै हात हाल्न अस्पतालले ठूलो धनराशि खर्च हुने भनेपछि निराश हुँदै दुबै हात गुमाएका बाबु लिएर घर फर्किएको उनका काका राजेश ठगुन्नाले बताए ।

‘कृतिम हात हाल्न ६० देखि ८० लाख रुपैयाँ लाग्ने अनुमान गरिएको छ,’ उनले भने, ‘यति ठूलो रकम कहाँबाट जुटाउने भन्ने समस्या भएको छ।’ उनले उपचारका लागि सहयोगको याचना गरे । ‘(देश विदेशबाट मनकारी व्यक्तिले उपचारका लागि आर्थिक सहयोग गर्‍यो भने उपचार सम्भव हुने थियो,’ उनले भने ।

बिस्नाका पति योगेन्द्र ठगुन्ना रोजगारीका लागी भारत गएको ७–८ बर्षदेखि बेपत्ता छन् । अहिलेसम्म उनी सम्पर्कविहीन छन् । डेढ महिना अगाडि राजिस्थानको शालासागर भन्ने ठाँउ अचेत अवस्था झुलुक्क देखिएको खबर पाए फेरि कता हराए थाहा छैन ।

दुई छोराको लालनपालनको जिम्मा पनि उनकै काँधमा छ। अहिले उनी छाक टार्न र छोराको दुबै हात जोड्ने झिनो आस लिएर गिट्टी कुट्ने, मजदुरी लगायतका काम गरिरहेकी छन् । प्रारम्भिक उपचारमा राजेन्द्र निर्माण सेवाले सात लाख शिखर नगरपालिकाले काठमाडौंसम्मको यातायात खर्च सहयोग गरेर उनको ज्यान त जोगियो । तर अहिले बाचेको छोराको हात जोड्ने सपना अधुरो छ उनकी आमाको।

सतिस सिद्धेश्वर आधारभुत विद्यालयमा कक्षा ४ मा अध्ययनरत थिए । दुबै हात गुमेका कारण उनी लामो समयदेखि विद्यालय जान सकेका छैनन् । उनले कृतिम हात जोड्न कसैले सहयोग गरेको भए बाँचेको सार्थक हुने उनको आशा छ । उनले कृतिम हात जोड्नको लागि सहयोग गरिदिन सबैमा अपीलसमेत गरेका छन् ।


१३ असोज २०७७, मंगलवार १८:२१ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु