निन्द्रा बिउझाउने गरी विहानै काठमाडौंमा भूकम्पको ठूलो धक्का
काठमाडौं उपत्यकामा बिहानै भूकम्पको ठूलो धक्का महशुस भएको छ । ५ बजेर २० मिनेट जाँदा भुकम्पको धक्का महशुस भएको हो ।
सिन्धुपाल्चोकको राम्चे आसपास केन्द्रबिन्दु भएर ६ रिक्टरस्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापदन केन्द्रका प्रमुख लोकविजय अधिकारीले बताए ।
भूकम्पको झड्का काडमाडौंसहित विभिन्न जिल्लामा महसुश भएको थियो । भूकम्पबाट केकति क्षति भयो भन्नेबारे विवरण प्राप्त भइसकेको छैन ।
पछिल्लो समय ५ रिक्टरस्केलसम्मको भूकम्प गइरहेपनि सो भन्दा माथिका भूकम्प धक्का आएको थिएन।
३१ भदौ २०७७, बुधवार ०६:०७ बजे प्रकाशित































