Hotel Flora Long Ad

पत्रकार कुटपिट प्रकरण : एक जना पक्राउ

धनगढीस्थित दिनेश सञ्चार गृहमा प्रवेश गरेर पत्रकारमाथि कुटपिट गर्ने एकजनालाई प्रहरीले पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय कैलालीको टोलीले धनगढी उपमहानगरपालिका वडा नम्बर ५ जाईबाट कुटपिटमा संलग्न सरोज थापालाई पक्राउ गरेको हो । उनलाई जाईस्थित घरबाटै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रतिक विष्टले जानकारी दिए। आक्रमण र कुटपिटमा संलग्न अन्यको खोजी भइरहेको प्रहरीले जनाएको छ।

शुक्रबार दिनेश सञ्चार गृहको कार्यालयमा पुगेका १५÷२० जनाको समूहले गृहका सह–सम्पादक जनक विष्टलाई कुटपिट गरेका थिए भने व्यवस्थापक अमिता कुँवर र प्राविधिक कल्पना सिंहमाथि पनि हातपात भएको थियो।

प्रहरी दिएको जानकारीका अधारमा धनगढीमा थुनुवा कक्षमै १९ वर्षीय युवकले गरे आत्महत्या शिर्षकको समाचार प्रकाशन गरेको थियो । सो आत्माहत्या नभई हत्या भएकाले सो समाचार हटाउन वा सच्याउनुपर्ने भन्दै एक समूहले दिनेश सञ्चार गृहमाथि आक्रमण गर्नुका साथै पत्रकारलाई कुटपिट गरेका थिए ।

सञ्चार गृहमाथि आक्रमण गरी पत्रकारमाथि कुटपिट गर्नेलाई कारवाहीको माग गर्दै कैलालीका पत्रकार तीन दिनदेखि आन्दोलनमा छन् ।

३० भदौ २०७७, मंगलवार १४:२३ बजे प्रकाशित

Dhangadi Corona

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु