punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

लक्षण नदेखिएका संक्रमितको परीक्षण नगरिने

Chaupati
safha napa

काठमाडौं । सरकारले कोरोना भाइरसको लक्षण नदेखिएका संक्रमित व्यक्तिको परीक्षण नगर्ने भएको छ । आइतबार स्वास्थ्य आपतकालिन तथा विपत व्यवस्थापन ईकाइको बैठकले लक्षण देखिएका व्यक्तिहरुको मात्र परीक्षण गर्ने निर्णय गरेको हो ।

क्वारेन्टिनमा दुई साता अनिवार्य बस्नुपर्ने तर लक्षण नदेखिए परीक्षण नगर्ने र फ्रन्ट लाईनमा खटेका चिकित्सक र स्वास्थ्यकर्मीहरुको समेत लक्षण नभए परीक्षण नगर्ने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

उपचारमा खटिने नर्स , चिकित्सक , प्रयोगशलाकर्मी र सरसफाईकर्मीहरुमा कुनै लक्षण चिन्ह वा पीसीई राम्रो सँग नलगाएको भएमात्र परीक्षण गरिने मन्त्रालयले बताएको छ ।

मन्त्रालयले लक्षण भएका र विपन्न नागरिकको मात्र अबदेखि निशुल्क उपचार गर्ने समेत निर्णय गरेको छ ।

अन्य विरामीले भने अब आफ्नै खर्चमा उपचार गर्नु पर्ने छ । मन्त्रालयले निर्णय कार्यान्ययनका लागि सम्बन्धित क्षेत्रहरुमा पत्र पठाईसकेको जानकारी दिएको छ ।

 


३० भदौ २०७७, मंगलवार १४:०१ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु