सुदूरपश्चिममा थप ७६ जनामा कोरोना पुष्टि
सुदूरपश्चिममा आज थप ७६ जनामा कोरोना संक्रमण भएको छ। सेती प्रादेशिक अस्पताल प्रयोगशाला, डडेल्धुरा अस्पताल र डोटी अस्पताल प्रयोगशालामा गरिएको परीक्षणमा ७६ जनामा कोरोना पुष्टि भएको हो।
सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा ७३ जनामा संक्रमण पुष्टि भएको छ। यस्तै डोटी जिल्ला अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा २ जनामा संक्रमण पुष्टि भएको छ।
८३ जनाको कोरोना परीक्षण भएकोमा २ जनामा संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ। अस्पतालका प्रयोगशाला इन्चार्ज शौरभ श्रेष्ठले अछामको मंगलसेन नगरपालिकाका दुई पुरुषमा कोरोना संक्रमण देखिएको बताए।
त्यसैगरी डडेल्धुरा अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा थप एक जनामा कोरोना पुष्टि भएको अस्पतालका प्रयोगशाला इन्चार्ज इश्वरी प्रशाद भूषालले दिए । यो सँगै सुदूरपश्चिममा संक्रमितको संख्या ६ हजार ५ सय १० पुगेको छ।
२८ भदौ २०७७, आइतवार १७:४४ बजे प्रकाशित































