punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

कैलाली प्रहरीको थुनुवा कक्षमै पुग्यो आयोगको टोली

Chaupati
safha napa

राष्ट्रिय मानवअधिकार आयोग सुदूरपश्चिम प्रादेशिक कार्यालयले आज जिल्ला प्रहरी कार्यालय कैलालीको थुनुवा कक्षको अनुगमन गरेको छ।

प्रहरी थुनुवा कक्षको शौचालयभित्रै झुन्डिएको अवस्थामा युवक मृत फेला परेको घटना सार्वजनिक भएपछि आयोगको टोलीले थुनुवा कक्षको अनुगमन गरेको हो । प्रहरीले शुक्रबार विहान चोरी आरोपमा जिल्ला प्रहरीको थुनुवा कक्षमा रहेका रोशन विकले आत्महत्या गरेको बताएको छ भने मृतकका आफन्तले भने कुटपिट गरी हत्या भएको भएको आरोप लगाएका छन्।

घटनामा आशंका पैदा भएपछि आयोग सुदूरपश्चिम प्रादेशिक कार्यालयका निर्देशक झंकर रावलको नेतृत्वमा गएको टोलीले प्रहरी थुनुवा कक्षको अनुगमन गरी त्यहाँको वस्तुस्थिति र घट्नाका बारे जानकारी दिएको छ । त्यसक्रममा आयोगको टोलीले घटनालाई गम्भीरताका साथ लिई अनुसन्धान गर्न प्रहरीको ध्यानाकर्षण गराएको छ ।


२७ भदौ २०७७, शनिवार १६:४६ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु