punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

बैतडीमा फेरि अर्की बालिकामाथि बलात्कार, दुई जना पक्राउ

Chaupati
safha napa

बैतडीमा फेरि अर्की एक बालिकामाथि बलात्कार भएको छ । बलात्कार आरोपमा प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ।

जिल्लाको सुर्नया गाउँपालिका–८ का ३१ वर्षीय अर्जुन साउद र कैलालीको गोदावरी नगरपालिका–२ का ३० वर्षीय वासुदेव पन्तलाई प्रहरीले नियन्त्रणमा लिएको हो।

अर्जुनले जिल्लाको पुर्चौडी नगरपालिकाकी १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको र वासुदेवले त्यसमा अर्जुनलाई सहयोग गरेको आरोप लागेको इलाका प्रहरी कार्यालय पाटनका प्रहरी निरीक्षक गौरीप्रसाद जैसीले जानकारी दिए।

शुक्रबार इलाका प्रहरी कार्यालय पाटन पुगेर बालिकाकी आमासहित आफन्तले जबरजस्ती करणीको जाहेरी दिएको प्रहरीले जानकारी दिएको छ। जाहेरीपछि प्रहरीले प्रारम्भिक अनुसन्धान थालेको बैतडीका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारीले बताए।

घटनामा सङ्लग्न दुवै जनालाई थप अनुसन्धानका लागि जिल्ला अदालतबाट शुक्रबार नै पाँच दिन म्याद थप गरिएको छ। पीडित बालिका आमासँग घर फर्किएकी प्रहरीले जनाएको छ।

यसअघि भदौ २४ गते पनि जिल्लाको सिगास गाउँपालिकाकी १७ वर्षीया किशोरी बलात्कारको आरोपमा प्रहरीले शिक्षक, कर्मचारीसहित पाँच जनालाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ।

 


२७ भदौ २०७७, शनिवार ११:४९ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु