punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

थुनुवा कक्षमा युवक मृत्यु प्रकरण: छानविनका लागि समिति गठन

Chaupati
safha napa

जिल्ला प्रहरी कार्यालय कैलालीको थुनुवा कक्षको सौचालयमा आत्महत्या गरिएको भनिएको युवकको मृत्युबारे आशंका पैदा भएपनि छानविन समिति गठन गरिएको छ ।

युवकको मृत्युबारे छानविनका लागि सशस्त्र प्रहरी गण धनगढीका प्रहरी उपरीक्षक राजिव बस्नेतको नेतृत्वमा तीन सदस्यीय समिति गठन गरिएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका बरिष्ठ प्रहरी उपरीक्षक मुकेश कुमार सिंहले जानकारी दिए । उनकाअनुसार समितिमा दुई जना प्रहरी निरीक्षक सदस्य छन् ।

समितिलाई केही दिन भित्रै प्रतिवेदन तयार गर्न समिति दिइएको र प्रतिवेदन अनुसार कारबाही प्रक्रिया अघि बढाउने उनले जानकारी दिए । यही भदौ २२ गते चोरी आरोपमा पक्राउ परेका १९ वर्षीय रोशन बिक थुनुवा कक्षको सौचालयमा मृत फेला परेका थिए ।

प्रहरीले उनलेशौचालय गएका बेला झुन्डिएर आत्महत्या गरेको प्रहरीले जनाएको थियो । तर, मृतकका आफन्तले भने उनको हत्या गरेको दाबी गरेका छन् । मृतकका आफन्त आन्दोलित समेत भएका छन् ।


२६ भदौ २०७७, शुक्रवार १९:४८ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु