punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

सञ्चार गृहमै प्रवेश गरेर पत्रकारमाथि आक्रमण: पत्रकार महासंघद्वारा कारबाहीको माग

Chaupati
safha napa

धनगढीस्थित दिनेश सञ्चारगृहमा प्रवेश गरी पत्रकारलाई आक्रमण गर्नेलाई कानुनी दायरामा ल्याउन नेपाल पत्रकार महासंघले माग गरेको छ।

सञ्चारगृहमा केही व्यक्ति प्रवेश गरी गरिएको आक्रमण र पत्रकार कुटपिटको घटनाप्रति महासंघको गम्भीर ध्यानाकर्षण भएको जनाउँदै दोषीलाई कारबाहीको माग गरिएको छ । महासंघका महासचिव रमेश विष्टले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘प्रकाशित समाचार चित्त नबुझे कानुनी उपचार खोजिनुपर्नेमा गुण्डागर्दी शैलीमा सञ्चारगृहमा प्रवेश गरी भएको आक्रमण र कुटपिट आपत्तिजनक हुनुका साथै प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप हो।

महासंघ प्रेसमाथि गरिएको यो ज्यादतीको कडा शब्दमा भर्त्सना गर्दछ। घटनामा संलग्न व्यक्तिहरुको तत्काल पहिचान गरी कानुनी दायरा ल्याउन एवं पत्रकार र सञ्चारगृहको सुरक्षामा गम्भीर भई स्वतन्त्र र निर्वाहरुपमा काम गर्ने वातावरण निर्माण गर्न महासंघ सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदछ।’

शुक्रबार धनगढीमा थुनुवा कक्षभित्रै १९ वर्षीय युवकले गरे आत्महत्या भन्ने समाचार झुटो भएको र डिलिट गर्नुपर्ने भन्दै दिनेश सञ्चार गृहमा कार्यरत पत्रकारमाथि कुटपिट गरेका छन्। उनीहरुले सञ्चार गृहका सह–सम्पादक जनक विष्ट लगायतका पत्रकारमाथि कुटपिट गरेका हुन् भने, व्यवस्थापक अमिता कुँवर, प्राविधिक कल्पना सिहमाथि पनि हातपात समेत गरेका थिए।

यस्तै, महासंघको कैलाली शाखालगायत पत्रकार सम्बद्ध संगठनहरुले पनि विज्ञप्ति जारी गर्दै घटनाको भत्र्सना गर्दै दोषीलाई कारबाहीको माग गरेका छन् ।


२६ भदौ २०७७, शुक्रवार १८:५१ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु