बाघको छाला र हड्डीसहित दुईजना पक्राउ
बझाङमा बाघको छाला र हड्डीसहित दुई जना पक्राउ परेका छन् । प्रहरीले जिल्लाको बुङ्गल नगरपालिका ३ विजगडाबाट दुई जनालाई पक्राउ गरेको हो ।
बाघका दुइवटा छाला र करिब ९ किलो हड्डीसहित बुङगल नगरपालिका ६ बड्डीज्याबनका २७ वर्षीय हरजित बोहरा र २३ वर्षीय बिरेन्द्र बोहरा रहेका छन्।
विजगडाबाट बागथलातर्फ भारी बोकेर पैदल हिँडिरहेका उनीहरुलाई सुदूरपश्चिम प्रदेश प्रहरी अनुसन्धान समूह र जिल्ला प्रहरी कार्यालय बझाङबाट खटिएको टोलीले चेकजाँच गर्दा उक्त छाला र हड्डी फेला पारेको हो। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान थालेको छ।
२२ भदौ २०७७, सोमवार १५:३६ बजे प्रकाशित































