गृहमन्त्री चढेको हेलिकप्टर अचानक पोखरामा अवतरण
गृहमन्त्री रामबहादुर थापा सवार हेलिकप्टर खराव मौसमका कारण पोखरामा अवरतरण भएको छ ।
बाग्लुङको ढोरपाटनमा आएको बाढीपहिरोको अवलोकन गर्न उडेको हेलिकप्टर स्याङ्जासम्म पुगेपनि त्यहाँबाट अगाडि बढ्न नसक्दा पोखरामै अवतरण गरिएको गृहमन्त्री थापाका प्रेस संयोजक किरण भट्टराईले जानकारी दिए ।
बाग्लुङको ढोरपाटन सुर्कुदङ खोलामा आएको बाढीले ११ जनाको मृत्यु भएको छ भने ३६ जना बेपत्ता भएका छन् । खोलाले बोबाङ, सुकुर्दङ र सेराबाङका घर बगाएको छ ।
१८ भदौ २०७७, बिहीवार १३:२७ बजे प्रकाशित































