कोरोना संक्रमितको संख्या साढे ४१ हजार नाघ्यो
नेपालमा कोरोना संक्रमितको संख्या ४१ हजार नाघेको छ। पछिल्लो २४ घण्टामा मात्रै एक हजार एक सय २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। योसंगै देशभर कोरोना संक्रमितको संख्या ४१ हजार ६४९ पुगेको छ ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमकाअनुसार १० हजार ४९३ जना आइसोलेसनमा रहेका छन् भने होम आइसोलेसनमा ७ हजार ६१५ छन्। क्वारेन्टाइनमा ६ हजार ७६६ जना रहेका छन् भने कोरोनाका सक्रिय संक्रमितको संख्या १८ हजार १०८ छ।
पछिल्लो २४ घण्टामा ११ सय १२ जना कोरोना जितेर डिस्चार्ज भएका छन्। योसँगै कुल डिस्चार्ज हुनेको संख्या २३ हजार २९० पुगेको छ। नेपालमा कोरोनाबाट २५१ जनाको मृत्यु भएको छ।
पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा मात्रै थप ३८८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
१७ भदौ २०७७, बुधवार १७:०८ बजे प्रकाशित































