आज आएर घट्यो सुनको मूल्य , कति छ आज ?
बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुन आज तोलामा एक हजार दुई सय रुपैयाँ घट्दै प्रतितोला ९७ हजार दुई सयमा झरेको छ ।
सुन हिजो प्रतितोला ९८ हजार चार सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
त्यसैगरी आज चाँदीको मूल्य पनि तोलामा ३० रुपैयाँ घट्दै प्रतितोला एक हजार तीन सय ६५ मा झरेको छ । चाँदी हिजो प्रतितोला एक हजार तीन सय ९५ मा कारोबार भएको महासङ्घले जनाएको छ ।
१७ भदौ २०७७, बुधवार ११:३२ बजे प्रकाशित































