punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

दार्चुलामा सरुवा भएर आएका प्रहरीमा कोरोना पुष्टि

Chaupati
safha napa

दार्चुलामा एक प्रहरीसहित थप दुईजनामा कोरोना संक्रमण पुष्टि भएको छ । आइतबार डडेल्धुरा अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा दार्चुलाको शैल्यशिखर नगरपालिका र जिल्ला प्रहरी कार्यालय दार्चुलामा कार्यरत एकजना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।

शैल्यशिखर नगरपालिका ५१ वर्षीय र जिल्ला प्रहरी कार्यालय दार्चुलामा कार्यरत २७ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय दार्चुलाका कोभिड १९ सम्पर्क व्यक्ति विरेन्द्रप्रसाद भट्टले बताए।

उनका अनुसार काठमाडौंबाट सरुवा भएर दार्चुला आएका प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको हो । कोरोना देखिएपछि प्रहरी जवान क्वारेन्टाइनमा बसेका छन् ।

यहि भदौ ७ गते  जिल्लाको शैल्यशिखर नगरपालिकामा ४३ जनाको स्वाब संकलन गरिएकोमा अन्य ४२ जनाको पीसीआर रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य कार्यालय दार्चुलालले जनाएको छ ।

यस्तै महाकाली नगरपालिका अन्तर्गत पर्ने जिल्ला प्रहरी कार्यालय दार्चुलामा यहि भदौ ९ गते २१ जना मध्ये २० जनाको पीसीआर रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य कार्यालय दार्चुलाले जनाएको छ ।

शनिबार मात्र दार्चुलाका दुई जनामा कोरोना देखिएको थियो । योसँगै दार्चुलामा कोरोना संक्रमितको संख्या ५२ जना पुगेको जिल्ला अस्पताल दार्चुलाले जनाएको छ ।


१४ भदौ २०७७, आइतवार १५:११ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु