punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

भयावह बन्दै कोरोना महामारी, एक हप्ताभित्रै ४५ जनाले गुमाए ज्यान

Chaupati
safha napa

नेपालमा कोरोना संक्रमण मृत्युदर तीब्र बनेको छ । मृतक संख्या बढ्दै जाँदा महामारीको संकट भयावहतर्फ उन्मुख भएको छ ।

पछिल्लो एक सातमै ४५ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । एकै दिन किर्तिमानी ११ जनाको मृत्यु पनि यसै महिना भएको छ । २० साउनबाट दैनिक कोरोना संक्रमणबाट मृत्यु संख्या थपिने क्रम रोकिएको छैन ।

२ जेठमा कोरोना भाइरसबाट पहिलो मृत्यु पुष्टि भई फाट्टफुट्ट मृत्युका घटना हुने गरेकोमा पछिल्लो समय लगातार मानिसको मृत्यु हुने क्रम बढेको छ ।

जेठ देखि साउनभित्र एक सय ४ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको थियो । तर, भदौको १ देखि ७ गतेभित्र ४५ जनाको मृत्यु भइसकेको छ । जेठमा भन्दा असारमा, असारमा भन्दा साउनमा बढी मानिसको मृत्यु भएको तथ्यांक छ ।

नेपालमा कोरोना भाइरसको संक्रमणबाट अहिलेसम्म मृत्यु हुनेको संख्या एक सय ४९ पुगेको छ । मृत्यु हुनेमध्ये एक सय १५ पुरुष र ३४ महिला छन् ।

 


८ भदौ २०७७, सोमवार १०:५३ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु