आज पनि घट्यो सुनको मूल्य, चाँदीको भाउ पनि घट्दै
सुनको मूल्य आज पनि तोलामा पाँच सय रुपैयाँ घटेको छ । हिजो प्रतितोला ९८ हजार चार सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज ९७ हजार ९ सय रुपैयाँमा झरेको छ ।
त्यस्तै आज चाँदीको मूल्य पनि तोलामा २५ रुपैयाँ घट्दै प्रतितोला एक हजार तीन सय २० रुपैयाँमा झरेको छ । चाँदी हिजो प्रतितोला एक हजार तीन सय ४५ रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्ग्ले जनाएको छ ।
८ भदौ २०७७, सोमवार ११:३१ बजे प्रकाशित































