भारतमा पछिल्लो २४ घण्टामा ५७ हजार कोरोना संक्रमित ठिक भए
काठमाडौँ,भदौ १। भारतमा पछिल्लो २४ घण्टामा ५७ हजारभन्दा बढी कोरोना संक्रमित ठिक भएका छन् ।भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५७ हजार ५८४ जना संक्रमित ठिक भएका छन् ।
यो भारतमा एकै दिन ठिक भएको अहिलेसम्मको ठुलो संख्या हो ।भारतमा अहिलेसम्म कोरोना संक्रमण ठिक हुने प्रतिशत ७२.५१ रहेको छ ।
भारतमा अहिलेसम्म कुल संक्रमित २६ लाख ४७ हजार ६६४ पुगेको छ । जसमा १९ लाख १९ हजार ८४३ जना ठिक भएका छन् भने ६ लाख ७६ हजार ९०० कोरोना संक्रमित विरामी उपचारत रहेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।
त्यस्तै भारतमा अहिलेसम्म कुल ३ करोड ४१ हजार ४०० नमुना परिक्षण गरिएको छ । जसमा पछिल्लो २४ घण्टामा ७ लाख ३१ हजार ६९७ नमुना परिक्षण गरिएको इण्डियन काउन्सिल अफ मेडिकल रिसर्चले जानकारी दिएको छ ।
भारतमा अहिलेसम्म १४७० कोरोना परिक्षण ल्याबबाट परिक्षण भइरहेको छ, जसमा ९६९ सरकारी र ५०१ निजी ल्याब रहेका छन् ।
त्यस्तै भारतीय स्वास्थ्य मन्त्रालयले दिएको पछिल्लो अपडेट अनुसार २४ घण्टामा कोरोनाबाट ९४१ जनाको मृत्यु भएको छ । योसँगै भारतमा कुल मृत्यु हुनेको संख्या ५० हजार नाघेको छ । भारतमा अहिलेसम्म मृत्यु हुनेको संख्या ५० हजार ९२१ पुगेको छ ।
१ भदौ २०७७, सोमवार ०९:०५ बजे प्रकाशित































