punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

ह्वात्तै घट्यो सुनको भाउ

Chaupati
safha napa

काठमाडौं,साउन २८। सुनको मूल्य आज ह्वात्तै घटेको छ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ६ हजार २०० रुपैयाँ घटेर ९५ हजार ४०० रुपैयाँ कायम भएको छ।

हिजो यसको मूल्य एक लाख एक हजार ६०० रुपैयाँ तोकिएको थियो। गत शुक्रबार अहिलेसम्मकै सर्वाधिक एक लाख तीन हजार ५०० रुपैयाँ निर्धारण गरिएको छापावाल सुन आइतबार प्रतितोला ९०० रुपैयाँ घटेको थियो। शनिबार भने सुनको मूल्य तोकिएको थिएन।

त्यसपछि सोमबार र मंगलबार सुनको मूल्य क्रमशः प्रतितोला २०० र ८०० रुपैयाँ घटेको थियो। यस्तै, तेजाबी सुनको मूल्य प्रतितोला ९४ हजार ४०० रुपैयाँ निर्धारण गरिएको छ।

चाँदी प्रतितोला एक हजार २१० रुपैयाँ कायम भएको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। हिजो यसको मूल्य एक हजार ४३५ रुपैयाँ तोकिएको थियो।


२८ साउन २०७७, बुधवार ०५:३५ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु