punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

देशका यी सात जिल्ला भए कोरोना मुक्त, संक्रमित शून्य

Chaupati
safha napa

काठमाडौं, साउन २४ । यसअघि देशका सबै जिल्लामा कोरोना संक्रमण देखिएपनि अहिले केही जिल्ला भने संक्रमण मुक्त भएका छन् ।

यसअघिसम्म देशका सबै जिल्लामा कोरोना संक्रमित देखिएका थिए । तर, अहिले खोटाङ, धनकुटा, संखुवासभा, मनाङ, मुस्ताङ, डोल्पा र हुम्ला जिल्लामा संक्रमित छैनन् ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा आयोजित नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले देशका सात जिल्ला कोरोना संक्रमण मुक्त भएको जानकारी दिए ।

उनका अनुसार गत २४ घण्टामा कोभिड–१९ बाट थप तीन जनाको मृत्यु भएको छ भने देशका विभिन्न जिल्लामा थप ३७८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । गत २४ घण्टामा कोरोनामुक्त भई घर फर्किनेको सङ्ख्या ४९९ जना छन् । हालसम्म निको भएर डिस्चार्ज हुनेको कूल संख्या १६ हजार ३१३ रहेको छ ।


२४ साउन २०७७, शनिवार १३:१५ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु