punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

भारतका पाँच जना खेलाडीमा कोरोना संक्रमण पुष्टि

Chaupati
safha napa

काठमाडौं, साउन २४ । भारतीय पाँच जना हकी खेलाडीमा कोरोना संक्रमण पुष्टि भएको छ । कप्तान मनप्रीत सिंहसहित पाँच जना खेलाडीमा कोरोना पोजेटिभ देखिएको हो ।

संक्रमित हुनेहरुमा कप्तान मनप्रीत सिंह, सुरेन्द्र कुमार, जसकरन सिंह, वरुण कुमार र कृष्णबी पाठक रहेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

एक महिनाको विश्रामपछि बेङगलुरुमा प्रशिक्षणमा फर्कने क्रममा गरिएको परीक्षणमा नेगेटिभ आएको थियो । संक्रमित खेलाडीको संख्या बढ्न सक्ने स्पोर्ट्स अथरिटी अफ इन्डिया एसएआईले जनाएको छ ।

एस एआईका अनुसार मनप्रित र सुरेन्द्र कुमारमा कोरोनाको लक्षण देखिएपछि अन्य खेलाडीहरुकोे पुनः कोरोना परीक्षण गरिएको छ ।
कोरोना महामारीका कारण भारतमा खेलकुद क्षेत्र पनि प्रभावित बनेको छ ।


२४ साउन २०७७, शनिवार ०७:५१ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु