साँफे बगर नगरपालिकाले भोटेकोशी बाढी पिडितलाई ४१ लाख ९ हजार ८ सय ११ रुपैयाँ ४३ पैसा आर्थिक सहयोग गर्ने
धनगढी। साँफे बगर नगरपालिकाले भोटेकोशी बाढीबाट प्रभावित तथा पीडितको सहयोगका लागि
४१ लाख ९ हजार ८ सय ११ रुपैयाँ ४३ पैसा आर्थिक सहयोग गर्ने निर्णय गरेको छ। आज बिहिवार बसेको कार्यपालिका बैठकले उक्त निर्णय गरेको हो ।
नगर प्रमुख राजेन्द्र कुँवरका अनुसार उक्त रकम प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा नगरपालिकाको खाता संचालन भएपछि जम्मा गरिनेछ। बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनामा सहयोग पुगोस् भन्ने उद्देश्यले नगरपालिकाका कर्मचारी ,शिक्षक जनप्रतिनिधिहरुको पारिश्रमिकबाट उक्त रकम उपलब्ध गराउने निर्णय भएको नगर प्रमुख कुँवरले बताए ।
- भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढीका कारण विभिन्न क्षेत्रमा ठूलो जनधनको क्षति भएको र प्रभावित परिवारलाई तत्काल राहत तथा सहयोग आवश्यक रहेकाले स्थानीय तहका तर्फबाट सहयोग गरिएको नगरपालिकाले जनाएको छ।
१८ भदौ २०८३, बिहीवार १७:०७ बजे प्रकाशित














