punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

रेशमसहित ११ जनालाई रिहाई गर्न मोर्चाको अल्टिमेटम, नभए गम्भीर कदम चाल्ने चेतावनी

Chaupati
safha napa

धनगढी, साउन २४ । थरुहट थारुवान राष्ट्रिय मोर्चाले सांसद रेशम चौधरीसहित ११ जनालाई रिहाई नगरे प्रधानमन्त्री र मन्त्रीलाई थरुहट क्षेत्रमा प्रवेशमा रोक लगाउने चेतावनी दिएको छ ।

मोर्चाको आन्दोलनमा एक्येबद्धता जनाएका नेपाल आदिबासी जनजाती महासंघ ७ नंम्बर प्रदेश समन्वय परिषद, नेपाल लोकतान्त्रीक पार्टी कैलाली, खसान राष्ट्रिय संघर्ष समिति लगायतका आठ वटा संगठनले आज धनगढीमा संयुक्त पत्रकार सम्मेलन गरि बहिष्कारको चेतावनी दिएका हुन् ।

थरुहट थारुवान राष्ट्रिय मोर्चाका केन्द्रिय संयोजक लक्ष्मण थारुले टीकापुर घटनालाई अपराधिक घटना बनाई रेशम चौधरी लगायतका ११ जनालाई बन्दी बनाएको र उनीहरुलाई तीन महिना भित्र नछोडे त्यसबाट उत्पन्न असहज परिस्थितीको जिम्मेवारी प्रधानमन्त्री केपी ओलीले लिनुपर्ने बताए ।

बर्तमान सरकार भ्रष्टचारको अखाडा बनेको बताउँदै संयोजक चौधरीले कोरोना नियन्त्रण, शुसासन, बाढी पहिरो लगायतका बिषयमा गैर जिम्मेवार बनेको उल्लेख गरे ।

संयुक्त आन्दोलन संघर्ष समितिले साउन २५ गतेदेखि असोज ३ गते सम्मको संघर्षको कार्यक्रम समेत सार्बजनिक गरेको छ ।

थारुहट थारुवान राष्ट्रिय मोर्चाका कैलाली संयोजक माधब थारुका अनुसार साउन २५ गते प्रदेश सरकारलाई ज्ञापन पत्र बुझाउने, भदौ २ गते मानबअधिकार तथा नागरिक अगुवाहरु संग धनगढीमा बृहत अन्तरक्रिया गर्ने, भदौ ७ गते टीकापुर थरुहट बिद्रोहलाई स्मरण गर्दै देशब्यापी बिरोध सभा गर्ने लगायत रहेका छन् ।

यो अबधिमा पनि माग पुरा नभए दशै तिहार, छट पछि शसक्तरुपमा निर्णायक आन्दोलन गर्ने तालिका संघर्ष समितिले अगाडि सारेको मोर्चाले जनाएको छ।


२४ साउन २०७७, शनिवार ०६:१६ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु