जम्मु–काश्‍मीर र लद्दाख समेटेर पाकिस्तानले जारी गर्‍यो नयाँ नक्सा

काठमाडौं, साउन २१ । पाकिस्तानले जम्मु–काश्‍मीर र लद्दाखलाई समेटेर नयाँ राजनीतिक नक्सा सार्वजनिक गरेको छ ।

प्रधानमन्त्री इमरान खानले मंगलबार नयाँ राजनीतिक नक्सा सार्वजनिक गरेका हुन् । प्रधानमन्त्री इमरान खानले नक्सा सार्वजनिक गर्दै विपक्षी पार्टी र काश्मीरी नेतृत्वले यस निर्णयको स्वागत गरेको बताएका छन् ।

उनले भने, ‘पाकिस्तानको नयाँ राजनीतिक नक्सा पाकिस्तान जनताको उमंगको प्रतिनिधि भएको बताएका छन् । पाकिस्तान र काश्‍मीरीहरु सैद्धान्तिक विचारधारालाई समर्थन गर्दछन् ।’

इमरान खानले अबदेखि पाकिस्तानका विद्यालयहरु, क्याम्पसहरु, सम्पूर्ण कार्यालयहरुमा मंगलबार मन्त्रिपरिषद्ले स्वीकृत गरेको पाकिस्तानको नयाँ झण्डा राखिने पनि बताएका छन् ।

भारतले गतवर्षको अगस्ट ५ मा भारतीय संविधानको धारा ३७० अन्तर्गत भारतीय काश्‍मीरलाई दिइएको विशेष राज्यको दर्जा खारेज गरेको थियो । यसका साथै जम्मु–काश्‍मीर राज्य पनि खारेज गरेर दुई वटा केन्द्र प्रशासित प्रदेश जम्मु–काश्‍मीर र लद्दाखमा परिवर्तन गरेको थियो ।

भारतको उक्त निर्णयको एक वर्ष पूरा भएको अवसर पारेर पाकिस्तानले भारत प्रशासित काश्‍मीरका नागरिकहरुबाट आफ्नो समर्थनका लागि कैयौं विशेष कार्यक्रम आयोजना गरेको छ ।


२१ साउन २०७७, बुधवार १४:३६ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु