punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

कविता : प्रिय आफन्त मान्छे

Chaupati
safha napa

✍️ राम शर्मा सडक

तिमिले माया गर या नगर
केही फरक पर्दैन।
समीप आउ या नआउ
केही फरक पर्दैन।
मेरो सफलतामा हौसला,
असफलतामा सहानुभुती देउ या नदेउ
केही फरक पर्दैन ।

मेरो प्रिय् आफन्त मान्छे तर तिमिले
सधैंभरी मेरो रिस,डाह गर्दै
देविदेउता भाकल गरि अगेनुमा
धुप हालेनौ भने हरेक पल पलमा
मलाई फरक पर्छ।

किनकी उमंग र उत्साहका
पाईला हरु चल्नै सक्दैनन,
सपनाको गोरेटोमा उज्याला
दिपहरु बल्नै सक्दैनन ।

कसैको मनचाहले ब्याक्तित्व
गुमाउने र कमाउने त हुँदै हुँदैन!
तैपनि आशिर्वादले उचाई चुम्न त
पटक्कै सक्दिन तर तिमिले मोरो
धसेनौ भने म असफल चाहिँ पक्कै हुन्छु।

मेरो विजयीमा तिमिलाई
औडाह भएन भने अल्नो हुन्छ।
मेरो धैर्यतालाई भंग गर्ने
दुस्साहस गरेनौ भने उर्जा मिल्दैन।

ओ ,मेरो प्रिय् आफन्त मान्छे,
म तिमी बिना अवस्य पनि कमजोर हुन्छु।
त्यसैले यस्तै यस्तै शक्तिशाली उर्जाहरु
थपी राख है मेरो जीवन संघर्षमा !!


१६ साउन २०७७, शुक्रवार ०३:५६ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु