विदेशी मुद्राको मूल्य कति छ आज ?
काठमाडौं, साउन १६ । नेपाल राष्ट्र बैंकले आज शुक्रबारका लागि विदेशी विनिमयहरुको दर निर्धारण गरेको छ।
नेपालमा भारतीय रुपैयाँको भने एउटै कायम हुँदै आएको छ । सोहीअनुसार भारतीय १ सय रुपैयाँ आज १ सय ६० नेपाली रुपैयाँमा खरिद गर्न सकिन्छ भने यसको बिक्री १ सय ६० रुपैयाँ १५ पैसा तोकिएको छ।
आज अमेरिकी डलर १ को १ सय १९ रुपैयाँ ४५ पैसामा खरिद तथा १ सय २० रुपैयाँ ०५ पैसामा बिक्री गर्न सकिने राष्ट्र बैंकले जनाएको छ।
तर युरोको खरिद तथा बिक्री दर भने केही परिवर्तन भएको छ । राष्ट्र बैंकका अनुसार आज १ युरोको खरिद दर १ सय ४० रुपैयाँ ४६ पैसा तथा बिक्री १ सय ४१ रुपैयाँ १६ पैसा तोकिएको छ।
१६ साउन २०७७, शुक्रवार ०१:३८ बजे प्रकाशित













