बस्ती डुबान भएपछि स्थानीय आन्दोलित
धनगढी, साउन १५ । लगातारको वर्षासंगै बस्ती नै डुबान भएपछि धनगढी उपमहानगरपालिका वडा नम्बर २ र ३ का बासिन्दा आन्दोलित बनेका छन् । घरमासमेत पानी पस्दा उपमहानगरपालिकाले कुनै वास्ता नै नगरेको भन्दै स्थानीय आन्दोलित बनेका हुन् ।
पानीले घर नै डुवान पर्दा समेत पानीको निकासा गर्नमा सरोकारवाला निकायले कुनै कदम नचालेको भन्दै उनीहरुले आज मोहना अत्तरिया सडक अवरुद्धसमेत गरेका छन् । डुबानका कारण रातभर सुत्नसमेत नभएको भन्दै उपमहानगरपालिकाविरुद्ध आक्रोश पोखेका छन् ।
१५ साउन २०७७, बिहीवार १०:५४ बजे प्रकाशित































