punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

प्रेमिका रियाका कारण तनावमा थिए सुशान्त, पूर्व प्रेमिकाले खोलिन रहस्य 

Chaupati
safha napa

काठमाडौं, साउन १५
आत्महत्या गरेका वलिउड अभिनेता सुशान्त राजपुत प्रेमिका रिया चक्रवर्तीसंगको सम्बन्धमा निकै तनावमा रहेको खुलेको छ ।
रियाको विषयमा यो खुलासा सुशान्तकी पूर्व प्रेमिका अंकिता लोखंडेले गरेकी हुन् । बिहार पुलिसलाई सुशान्त सिंह राजपूतकी पूर्व प्रेमिका अंकिताले दिएको जानकारी अनुसार ‘मणिकर्णिका’ को प्रोमोशनको क्रममा सुशान्त सिंहले उनलाई शुभकामना दिन मेसेज गरेका थिए ।

अंकिताले बिहार प्रहरीलाई दिएको बयान अनुसार त्यतिबेला यी दुईले च्याटमा धेरैबेर कुरा गरेका थिए । अंकितालाई उद्धृत गर्दै बिहार पुलिसले भनेको छ, ‘त्यतिबेला सुशान्तले निकै भावुक भएर उनी रियासँगको आफ्नो सम्बन्धका कारण निकै तनावमा परेको  रियाले असाध्यै तनाव दिएका कारण आफूले सम्बन्ध समाप्त गर्न चाहेको अंकितालाई बताएका थिए ।’

अब अंकिताले आफ्नो यो च्याट बिहार प्रहरीसँग मिलेर साझा गरेकी छिन् । यसबाहेक अंकिताले त्यसपछि पनि सुशान्त र उनीबीच भएको सबै च्याट बिहार प्रहरीसमक्ष साझा गरेकी छिन् । यसै आधारमा अब बिहार प्रहरीले आफ्नो छानबिन सुरु गरेर प्रमाण जम्मा गरिरहेको छ ।

सुशान्त सिंहको मृत्युपछि अंकिता लोखंडे दुई पटक पटना गएकी थिइन् । त्यतिबेला अंकिताले सुशान्तकी दिदी श्वेतालाई भेटेकी थिइन् ।


१५ साउन २०७७, बिहीवार ०२:०३ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु