punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

जुवा खालबाट १५ लाख बढी नगद र २९ लाखको चेकसहित ११ जना पक्राउ

Chaupati
safha napa

काठमाडौं, साउन १४ । सोलुखुम्बुको सोताङ गाउँपालिकाबाट १५ लाख रुपैयाँ बढी नग र २९ लाखका चेकसहित १९ जनालाई जुवा खालबाट प्रहरीले पक्राउ गरेको छ । गाउँपालिकाको वडा नम्बर ५ बस्ने गणेश राईको घरमा जुवातास खेलिरहेका सोही गाउँपालिका–४ बस्ने ३७ वर्षीय दुर्गाप्रसाद राई लगायत चारजनालाई प्रहरीले पक्राउ गरेको छ।

उनीहरूको साथबाट प्रहरीले १४ लाख ६५ हजार रूपैयाँ र २९ लाख रूपैयाँको चार थान बैंक चेकसँगै तास पनि बरामद् गरेको छ।
तास खेलिरहेको सूचनाको आधारमा इलाका प्रहरी कार्यालय सोताङबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको जनाएको छ।

यस्तै कास्कीको पोखरा महानगरपालिका(१९ लामाचौर ठूलीपोखरी मार्ग बस्ने ४० वर्षीय सुनील गुरुङको घरमा जुवातास खेलिरहेको अवस्थामा गुरुङसहित सातजना म‌ंगलबार दिउँसो पक्राउ परेका छन्।

उनीहरूको साथबाट प्रहरीले ४३ हजार ३१५ रूपैयाँ र चार बुक तास पनि बरामद् गरेको छ। वडा प्रहरी कार्यालय बगरबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो। प्रहरीले पक्राउ परेकाहरूविरुद्ध जुवा ऐनअन्गर्तत मुद्दा दर्ता गर्दै अनुसन्धान थालेको छ ।


१४ साउन २०७७, बुधवार ०९:५५ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु