राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरणविभागले माग्यो १७६कर्मचारी
काठमाडौं,साउन १४ । गृह मन्त्रालय मातहतको राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले कर्मचारी माग गरेको छ । राष्ट्रिय परिचयपत्रको लागि १७६ जना विवरण दर्ता अपरेटर करारमा भर्ना गर्ने गरी कर्मचारी माग भएको हो ।
सप्तरी, सर्लाही र कास्की लागि सो संख्यामा कर्मचारी माग भएको र आजको मितिले १५ दिनभित्र सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा दरखास्त दिन सूचित गरिएको छ ।
१४ साउन २०७७, बुधवार ०९:१९ बजे प्रकाशित































