punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

लक्षणसहितका कोरोना संक्रमित देखिन थालेपछि चिकित्सकले दिए यस्तो चेतावनी

Chaupati
safha napa

काठमाडौं, साउन १४ । पछिल्लो समय लक्षणसहितका कोरोना संक्रमीत देखिन थालेका छन् ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले
राजधानीमा मात्रै मंगलबार २५ जना लक्षणसहितका संक्रमित फेला परेको जनाएको छ । यहाँ ६१ जना नयाँ संक्रमित फेला परेका थिए ।

महाशाखाकाअनुसार थपिएका यी नयाँ संक्रमितमध्ये एक चौथाइमा लक्षणसमेत देखिएको छ । राजधानीलगायत मुलुकका विभिन्न भागमा केही दिनयता लक्षण भएका संक्रमित फेला पर्ने क्रम बढेको छ ।

महाशाखाका वरिष्ठ जनस्वास्थ्य अधिकृत उत्तमकुमार कोइरालाले उनीहरूमा मुख्य रूपमा ज्वरो, सुक्खा खोकी, स्वाद थाहा नपाउने, टाउको दुख्ने, घाँटी दुख्नेजस्ता लक्षण रहेका छन् ।

संक्रमणको विस्तार रोक्न जनस्वास्थ्यका विभिन्न प्रक्रिया कडाइसाथ लागू नगरिए समुदायमा कोरोना फैलिन सक्ने राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रका छाती रोग विशेषज्ञ डा। नवीनप्रकाश शाहले बताए । लक्षणसहितको कोरोनाको केस बढ्दै जानु मुलुकका लागि चिन्ताको विषय भएको उनले बताए ।

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) का अनुसार कोरोनाका सामान्य लक्षण ज्वरो, सुक्खा खोकी र थकान हुन् । जीउ दुख्नु, नाक बन्द हुनु, टाउको दुख्नु, आँखा दुखेर सुन्निनु, घाँटी दुख्नु, पखाला लाग्नु, स्वाद वा सुँघ्ने क्षमतामा कमी हुने, छालामा बिमिरा, औंला र खुट्टाको औंलाको रङ परिवर्तित हुनु पनि यसका लक्षण हुन् ।


१४ साउन २०७७, बुधवार ०३:०३ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु