punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

फेरि बढ्यो कोरोना संक्रमण, सुदूरपश्चिममा ८० जना संक्रमित थपिए

Chaupati
safha napa

धनगढी, साउन १३ । सुदूरपश्चिममा कोरोना संक्रमण फेरि बढेको छ । लकडाउन खुलेसंगै संक्रमण बढ्दै गइरहेको छ । आज सुदूरपश्चिममा ८० जनामा कोरोना पुष्टि भएको छ।

सेती प्रादेशिक अस्पताल र डडेल्धुरा अस्पतालको प्रयोगशालामा पछिल्लो २४ घण्टामा भएको परीक्षणमा ८० जनाा संक्रमण पुष्टि भएको हो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार आज डडेल्धुरा अस्पतालमा भएको परीक्षणमा ३८ जनामा संक्रमण पुष्टि भएको बताए। जसमा डोटीका ३५ र बझाङका तीन जना छन् ।

सेती प्रादेशिक अस्पतालयमा पछिल्लो २४ घण्टामा एक सय ३४ जनाको कोरोना परीक्षण भएकोमा १५ महिला र २७ पुरुष गरी ४२ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिए।

सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठका अनुसार डोटीको सायल गाउँपालिकाका ६ महिला र १३ पुरुष गरी १९ जना, आदर्श गाउँपालिकाका वडा नम्वर ७ का तीन पुरुष र एक महिला गरी चार जनामा कोरोना पुष्टि भएको छ।

उनकाअनुसार कैलालीको गोदावरी नगरपालिकाका सात महिला र ११ पुरुष गरी १८ जनामा पनि कोरोना पुष्टि भएको छ। कञ्चनपुरको बेलौरी नगरपालिका वडा नम्वर ९ का दुई दुर्षीया बालिकामा समेत संक्रमण पुष्टि भएको सेती प्रादेशिक अस्पतालले जनाएको छ।

योसंगै सुदूरपश्चिममा संक्रमितको संख्या चार हजार तीन सय २७ पुगेको छ। संक्रमण पुष्टि भएका दुई हजार ८ सय १९ जना डिस्चार्ज भईसकेका छन् भने ९ जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अहिलेसम्म सबैभन्दा बढी कैलालीका एक हजार ११ जनामा संक्रमण पुष्टि भएको छ।

यस्तै डोटीका सात सय १५, अछाममा ६ सय ७८, बाजुराका ६ सय १९ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ। कञ्चनपुरका पाँच सय १५, डडेल्धुराका तीन सय तीन, बैतडीका दुई सय ८३, बझाङका एक सय ८२ र दार्चुलाका २१ जनामा संक्रमण पुष्टि भएको हो।


१३ साउन २०७७, मंगलवार ११:०३ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु