punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

विमानस्थलका कर्मचारी चार लाख रुपैयाँ घुससहित पक्राउ

Chaupati
safha napa

बुटवल, साउन १३ । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत कार्यालय सहयोगीसहित दुईजना चार लाख रुपैयाँ घुससहित पक्राउ परेका छन् ।

कार्यालय सहयोगी विश्वनाथ यादव र महेन्द्र यादवलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग सम्पर्क कार्यालय बुटवलले भैरहवास्थित सेन्चुरी बैंकबाट रंगेहात पक्राउ गरेको हो । निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको मुआब्जा वितरणमा सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग घुस लिँदै गर्दा उनीहरुलाई घुस रकमसहित पक्राउ गरिएको कार्यालय प्रमुख डा. भीष्म भुसालले जानकारी दिए ।

उनकाअनुसार सेवाग्राहीसँग घुस लेनदेन गर्न यादवद्वय सेन्चुरी बैंक पुगेर बैंकिङ कारोबार गर्दैगर्दा विशेष सूचनाका आधारमा अख्तियार टोलीले उनीहरुलाई पक्राउ हो । उनीहरुलाई नियन्त्रणमा लिएर अख्तियारले अनुसन्धान सुरु गरेको जनाएको छ ।


१३ साउन २०७७, मंगलवार १०:४८ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु