सुनको मूल्य ९८ हजार नाघ्यो, चाँदीको भाउ पनि आकाशिदै
धनगढीं, साउन १३ । आज पनि सुनको मूल्य बढ्दै प्रतितोला ९८ हजार नाघेको छ । सुन आज तोलामा थप सात सय रुपैयाँ बढ्दै प्रतितोला ९८ हजार दुई सय रुपैयाँ पुगेको छ । सुन हिजो प्रतितोला ९७ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, आज चाँदीको मूल्य पनि तोलामा ३५ रुपैयाँ बढ्दै प्रतितोला १२ सय ४५ रुपैयाँ पुगेको छ । चाँदी हिजो प्रतितोला १२ सय १० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
१३ साउन २०७७, मंगलवार ०५:४८ बजे प्रकाशित































