छोरी गर्भवती भए पछि बाबुले बलात्कार गरेको आरोप
बाजुरा, ११ साउन । बाजुराको एक पालिकामा छोरी गर्भवती भएपछि बुवाले बलात्कार गरेको आरोप लागेको छ ।
जिल्लाको बुढिगंगा नगरपालिकामा छोरीलाई जबरजस्तीकरणी गरेर गर्भवती बनाएको आरोपमा ६२ वर्षीय बुवालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार जबरजस्तीकरणी गर्ने बुवालाई पक्राउ गरिएको छ । अहिले निजलाई हिरासतमा राखेर अनुसन्धान भईरहेको छ।
११ साउन २०७७, आइतवार ०५:४१ बजे प्रकाशित































