थप १३३ जनामा कोरोना संक्रमण, एकको मृत्यु
काठमाडौं, साउन ९ । नेपालमा पछिल्लो २४ घण्टामा १३३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा ३ हजार ९८७ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सबैभन्दा धेरै पर्सामा ३१ जना कोरोना संक्रमित थपिएका छन् । यस्तै झापाका २५, काठमाडौंका १०, दैलेख र कैलालीका ८र८ जना, सप्तरीका ७, सुनसरी र कास्कीका ५र५ जना तथा दाङ, नवलपुर र रुपन्देहीका ४र४ जनामा संक्रमण पुष्टि भएको छ ।
लमजुङका ३, मोरङ, सर्लाही, चितवन, बाँके, बर्दिया, कैलालीका २र२ जना तथा धनकुटा, बारा, धनुषा, उदयपुर, बाग्लुङ, तनहुँ र जोजरकोटका एकएक जनामा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।
यससँगै नेपालमा कुल संक्रमितको संख्या १८ हजार ३७४ पुगेको छ । उनीहरुमध्ये ९४७ जना निको भएका छन् भने ४४ जनाको मृत्यु भएको छ ।
यस्तै थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । गण्डक कोभिड अस्पतालमा उपचाररत वीरगञ्ज महानगरपालिका–११ कि ८५ वर्षीया वृद्धाको शुक्रबार बिहान मृत्यु भएको अस्पतालका कोओर्डिनेटर डा. उदयनारायण सिंहले जानकारी दिए ।
मुटु रोगी रहेकी वृद्धालाई बुधबार कोरोना संक्रमण पुष्टि भएको थियो । यससँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४४ पुगेको छ ।
९ साउन २०७७, शुक्रवार १२:०१ बजे प्रकाशित































