जन्मोत्सवमा अस्पतालका विरामीलाई फलफूल र जुस
धनगढी, साउउन ९ । नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ कैलालीका महासचिव तथा अन्तर्राष्ट्रिय निर्णायक रतन खातीले जन्मदिनको अवसरमा अस्पतालमा फलफूल तथा जुस वितरण गरेका छन् ।
जिल्ला खेलकुद विकास समितिका उसु सहायक प्रशिक्षकसमेत रहेका खातीले आफ्नो ४४ औं जन्मोत्सवको अवसरमा शुक्रबार नवजीवन अस्पतालका विरामीहरुलाई फलफूल तथा जुस वितरण गरेका हनु । अस्पतालमा फलफूल तथा जुस वितरण गर्दै उनले उपचारमा रहेका विरामीहरुको स्वास्थ्य लाभको कामना गरे ।
कार्यक्रममा अस्पतालका म्यानेजिङ डाइरेक्टर यज्ञराज ढुङ्गाना, शिवनगर खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष राजेशकुमार खाती, हाडजोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर विदुरमणी ढकाल, जिल्ला खेलकुद विकास समिति कैलालीका पूर्व अध्यक्ष राजीव गुप्ता, उसु खेलाडीहरुलगायतको उपस्थिति रहेको थियो ।
९ साउन २०७७, शुक्रवार ११:०२ बजे प्रकाशित






























