punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

पाँचजना थुनुवा र ९ महिने बालकसहित थप ३० जनामा कोरोना संक्रमण

Chaupati
safha napa

काठमाडौं, साउन ९ । पर्सामा पाँच जना थुनुवा र ९ महिने बालकसहित थप ३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

नारायणी अस्पतालमा गरिएको पीसीआर परीक्षणमा उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललित कुमार बस्नेतले जानकारी दिए।

उनकाअनुसार ३० जनामध्ये एक जना ९ महिने बालक, वडा प्रहरी कार्यालय श्रीपुरमा रहेका २५, २२, ३३, २२ र ४७ वर्षका पाँच जना थुनुवा, वीरगञ्ज महानगरपालिका वडा नम्बर १३ का ३० वर्षका पुरुष र ४८ वर्षकी महिला, वडा नम्बर २९ की २५ वर्षीया किशोरी, छिपहरमाई गाउँपालिका ३ का २३ बर्षका पुरुष रहेका छन्।


९ साउन २०७७, शुक्रवार ०३:०४ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु