punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

जुम्ल्याहा हात्ती ‘राम–लक्ष्मण’को तस्बीरसहित आयो एक हजारको नोट

Chaupati
safha napa

काठमाडौं, साउन ९ । जुम्ल्याहा हात्ती ‘राम–लक्ष्मण’को तस्बीरसहित एक हजार रुपैयाँको नयाँ नोट आएको छ । नेपाल राष्ट्र बैङ्कले बुधबारबाट राम–लक्ष्मणको वयस्क तस्बिरसहित हजारको नयाँ नोट सार्वजनिक गरेको हो ।

बैंकका प्रवक्ता गुणाकर भट्टले स्वदेशकै हात्तीको तस्बिर राख्नुपर्छ भन्ने विषय उठेपछि नेपालकै हात्तीको तस्बिर राखेर नोट परिवर्तन गरिएको जानकारी दिए । हालसम्म एक हजारको नोटमा देश बाहिरको हात्तीको तस्बिर रहँदै आएको थियो ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका निमित्त महानिर्देशक रामचन्द्र कँडेल नोटमा आफ्नै देशका जुम्ल्याहा हात्ती राख्दा सकारात्मक सन्देश गएको बताउँछन्। एक हजारको नोटमा राम–लक्ष्मणको तस्बिर राख्ने कदमले संरक्षणकर्मीलाई गर्वको अनुभूति गराएको विभागका प्रवक्ता विष्णुप्रसाद श्रेष्ठले बताए।

बैङ्कमा रहेको नोट डिजाइन कमिटीले सिफारिस गरे अनुसार नेपाली हात्तीको तस्बिर राखिएको हो । त्यसमा वन तथा वातावरण मन्त्रालय, राष्ट्रिय निकुञ्ज विभाग, पुरातत्व विभागका उच्चाधिकारी तथा संस्कृतिविद् सत्यमोहन जोशी रहनुभएको थियो । नेपाली हात्ती एक हजारको नोटमा हेर्न पाउने भएपछि संरक्षणकर्मीमा उत्साह छाएको छ ।


९ साउन २०७७, शुक्रवार ०३:४३ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु